प्रधानमन्त्री 'प्रचण्ड' भन्छन्, ‘लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु’
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन् । बालुवाटारमा मङ्गलवार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझाव पत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हर हालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु। तपाईँहरूको सुझाव पनि म हेर्छु।’, यो समस्या जतिसक्दो छिटो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो ।
उनले लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्यालाई जतिसक्दो चाँडो निराकरण गर्न आफू लागि परेको समेत बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८० १२:२४
प्रतिक्रिया दिनुहोस्