NRN
नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य, रुविनाको शतक र पूजाको अर्धशतक प्रहार

मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्सलाई २२८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । रुविना क्षेत्री बेलबासेको ऐतिहासिक शतकमा नेपालले माल्दिभ्सलाई २२८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको हाे । 

बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २२७ रन बनायो ।

नेपाली महिला टिमबाट पहिलो पटक अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने क्रममा रुबिनाले माल्दिभ्सविरुद्ध नटआउट ११८ रन बनाइन् । उनले ५९ बलमा १० चौका र ५ छक्का प्रहार गरिन् । यो स्कोर नेपाली महिला टिमको टी-२० मा अहिलेसम्मकै उच्च स्कोर हो । 

खेलमा रुबिनासँगै पूजा महतोले पनि उत्कृष्ट ब्याटिङ गरिन् । उनले पनि अर्धशतक प्रहार गर्ने क्रममा ३६ बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ५९ रन बनाइन् । 

समूह 'डी' मा रहेको नेपालले यसअघि शनिबार हङकङलाई ८ विकेट र आइतबार भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update