NRN
परराष्ट्रमन्त्रीमा डा. विमला राई पौडेल,राइट मेन इन राइट प्लेस 
  •  राजन घिमिरे 

 

जब परराष्ट्र मन्त्रीमा डा. विमला राई पौडेलको नाम आयो , तब बजारमा उहाँको बारेमा चासो बढ्न थाल्यो । को हो विमला, परराष्ट्र जस्तो मन्त्रालय कसरी थेग्छिन होला । यस्तो महत्वपूर्ण मन्त्रालय किन दिएको होला लगायतका क्रिया प्रतिक्रिया जनाउनेहरूले  नवनियुक्त परराष्ट्र मन्त्रीको बिगततिर जानै चाहनेनन् । 

 उहाँले लामो समयदेखी देशदेखी बिदेशसम्मका नाम चलेका र वजनदार सस्थासंग आबद्द रहेर काम गरेको बारे कुरै गरेनन् । नाम आयो अनि नामको मात्रै चर्चा गरे । तर, लामो समयदेखी बिभिन्न क्षेत्र , बिधा, तह र तप्काको महत्वपूर्ण पदमा रहेर सफलताका साथ भूमिका निभाएको तर्फ त कसैको ध्यान नै गएन ।

 अहिले झट्ट् हेर्दै परराष्ट्र मन्त्रीको रूपमा नाम नयाँ लागेता पनि अन्तराष्ट्रीय रूपमा सहभागिता अनि आबद्दतामा  डा. विमला राई पौडेलले लामै छलांग मारिसक्नु भएको छ । आफै बिदेश अध्ययन गरेको अनुभब बटुलिसक्नु भएकी र अन्तराष्ट्रीय सस्थासंगको उहाँको संलग्नताले यो नियुक्तिलाई यतिबेला ( राइट मेन इन राइट प्लेस ) को रूपमा हेरिएको छ ।

नेदरल्याण्डको इन्स्टिस्यूट फर सोसल स्टडिजबाट बिकास अध्ययनमा बिधाबारिधी गर्नु भएकी मन्त्री पौडेलले संयुक्त अधिराज्यको म्यान्चेस्टर यूनिभर्सिटीबाट बिकास प्रशासनमा पोष्ट ग्रयाजुयट डिप्लोमा र अर्थशास्त्र तथा ब्यबस्थापनमा स्नातकोत्तर तह पुरा गरिसक्नु भएको छ ।

 त्रिभुबन बिश्वबिधालयबाट कृषि अर्थशास्त्रमा स्नातक तह पुरा गर्नु भएकी उहांले सन २०१६ देखी २०१८ सम्म यू एन को उमन इन नेपालको लागि प्रागंरिक कृषि सम्बन्धि उच्चस्तरीय कार्यदल र नागरिक समाजको सल्लाहकार समूह सदस्य भएर काम गर्नु भयो । देश देखी बिदेशसम्को लामो अनुभब,अन्तरास्ट्रीय शिक्षा हांसिल एबं बिदेश निती र कानुनको पक्षमा राम्रो ज्ञान भएको ब्यक्तिलाई मूलुकले परराष्ट्र मन्त्रीको रूपमा पाउनु सांच्चै स्वागतयोग्य मानिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update