NRN
यस्ताे छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ५६ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०१ पैसा पाइन्छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ८६ रूपैयाँ ८४ पैसा तोकिएको छ ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७० पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ८६ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५१ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४९ पैसा तोकेको छ । बुधबार कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५० पैसा पाइन्छ । 

यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०८ पैसा र बिक्रीमा ३६ रूपैयाँ २४ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रूपैयाँ ८० पैसा र बिक्रीमा २७ रूपैयाँ ९३ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ११ पैसा तोकिएको छ ।बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २७ पैसा पाइन्छ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update