नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको मूल्य घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबारको तुलनामा यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो ।
त्यसैगरी, आज चाँदी प्रतितोला एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।