NRN
मलेसियालाई पराजित गर्दै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरमा बुधबार भएको खेलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

वर्षाले खेल रोकिएपछि नेपाललाई १२ ओभरमा ५० रनको लक्ष्य दिइएको थियो । निर्धारित लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा सीता रानामगरले १७ र क्याप्टेन इन्दु बर्माले नटआउट २२ रनको योगदान गरिन् । कविता जोशी ४ रनमा नटआउट रहिन् । कविता कुँवर एक रनमा आउट भइन् । मार्याम ओमारले एक विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रनको योगफल तयार पारेको थियो । कुवेतका लागि प्रियादा मुरलीले २९ र खदिजा खलिलले १३ रन बनाए । नेपालका लागि सीता राना गरले ह्याट्रिक विकेट लिइन् । कविता कुँवर र रुबिना क्षेत्रीको नाममा १–१ विकेट रह्यो ।

सेमिफाइनलमा नेपालले अब मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । मलेसिया जापानलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो । अर्को पोलबाट थाइल्यान्ड र यूएई सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update