NRN
करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिक पक्राउ

करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ परेका छन् । फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का  मोहम्मद अदनान लखानीलाई साे रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

अन्तर्राष्ट्रिय उडान तर्फको आगमन गेटमा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ) सहित पक्राउ गरिएको हो ।

उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशलामा राखिएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update