NRN
बढ्याे नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य, आज अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे दर अनुसार नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य बढेको छ ।

बुधबार एकको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसामा काराेबार भइरहेकाे छ ।यो मूल्य अघिल्लो दिनको ५ पैसा बढेको हो ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ८३ पैसा र बिक्रीमा ८६ रूपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा पाइन्छ ।

त्यसैगरी, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ८३ पैसा र बिक्रीमा १४२ रूपैयाँ ४७ पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ । 

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रूपैयाँ २२ पैसा र बिक्रीदर १६६ रूपैयाँ ९८ पैसा तोकिएको छ । आज युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रूपैयाँ २६ पैसा पाइन्छ ।

बिहीबार मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ७०  पैसा र बिक्रीमा २७ रूपैयाँ ८२ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २२ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ७६ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ७१ पैसा पाइन्छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update