नेपालले नवौं विकेट गुमायो, पवन सर्राफ आउट
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले नवौं विकेट गुमाएको छ ।
नामिबियाविरुद्ध खराब सुरुवात गरेको नेपालले १२१ रन जोड्दा ९ विकेट गुमाएको हो । नवौँ विकेटको रूपमा पवन सर्राफ १२ बनाएर आउट भएका छन् । उनी निकोल लोफ्टि-इटनको बलमा जेरार्ड एरास्मसको हातबाट क्याट आउट भएका हुन् ।
अहिले नेपालको क्रिजमा करण केसी र ललित राजवंशी छन् । यसअघि गुल्सन झा २१ र भीम सार्की ४४ रन बनाएर आउट भएका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १२:३६
प्रतिक्रिया दिनुहोस्