NRN
आईसीसी विश्वकप लिग - २ मा नेपाल नामिबियासँग ४ विकेटले पराजित

आईसीसी विश्वकप लिग - २ मा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नामिबियासँग नेपाल ४ विकेटले पराजित भएको हाे ।

जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । नामिबियाका जान फ्रान्कलिनले ३४ र जान निकोल लफ्टी इटनले ३१ रन बनाए ।

नेपालका सोमपाल कामीले ३, ललितनारायण राजवंशीले २ र रोहित पौडेलले एक विकेट लिए ।

नेपालले त्रिवि क्रिकेट मैदानमा १५ खेलपछि पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हारेको हो । सन् २०२२ को नोभेम्बरयता नेपालले त्रिवि मैदानमा खेलेका सबै १५ एकदिवशीय अन्तर्राष्ट्रिय खेल जितेको थियो ।

नेपालले अब शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ । नेपालले विश्वकप लिग–२ मा कुल ९ वटा त्रिकोणात्मक शृंखला खेल्ने छ । हरेक शृंखलामा नेपालले दुवै टोलीसँग २/२ खेल खेल्ने छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update