NRN
सुन सहित दुई महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

सुन सहित दुई महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन २ जना महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका ३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् । 

हिमालयन एयरलाइन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा भित्री बस्त्रमा ११.६४ ग्राम तौलको सुनको बेरुवा औंठी १ थान र करिब ५८.३२ ग्राम तौलको सुनको ब्रासलेट १ थान सहित पक्राउ गरिएको हो ।

यसैगरी, हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट नेपाल आएकी उर्मिलालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा पाइन्ट भित्र लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा करिब ५० ग्राम तौलको सिक्री १ थान र करिब १८ ग्राम तौलको गणेशको मूर्तिको लकेटसहित सिक्री १ थान फेला पारी पक्राउ गरेको गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update