NRN

- राजन घिमिरे, सिड्नी

प्रबासमा रहेर पनि नेपाली गीत - संगीतको कर्मप्रति बिन्दु पौडेलको लगाब र निरन्तरतालाई मान्नै पर्छ । लामो समयदेखी अष्ट्रेलियालाई कर्मभूमि बनाउदै अगाडि बढेकी बिन्दु मूलत सिड्नीमा ब्याबसायीको रूपमा चिनिन्छिन् । तर गीत - संगीत बिधामा प्रबासबाटै निरन्तरता र लगाब पछि उनको परिचयले झनै बिस्तार हुने मौका पाएको छ ।

अष्ट्रेलियाकी ब्याबसायी एवम् गायिका बिन्दु पौडेल र कहलिएका गायक हेमन्त शर्माको आबाजमा नयाँ गीतको म्यूजिक भिडियो बजारमा आएको छ । सिड्नीबाट बिन्दु र नेपालबाट हेमन्त शर्मा, गजबकै तारतम्य मिलेकाले पनि गीत जति कर्णप्रिय छ, त्यति नै भिडियो पनि हेर्न लायकको बनेको छ । यति बेलाका हट केक बनेका गीतकार तथा संगीतकार दिपक शर्माको यो सृजनाले पनि नेपाली गीत - संगीत क्षेत्रमा छलांग मार्ने देखिन्छ ।

भिडियोका निर्देशक मौसम हिमालीले गीतको मर्म अनुसार भिडियो बनाउनु अनि अहिले नेपाली सिनेमा क्षेत्रमा रोजाइका कलाकारमा परेका अनुप बिक्रम शाहीको साथमा नृत्य क्विन भनेर चिनिने कबिता नेपालीको अभिनय कमालकै रहेको छ । बिगतका गीत - संगीतभन्दा यसपटक आफू झनै निखारिएर आएको र हेमन्त शर्माको साथमा गीत गाउंन पाउंदा नयाँ उचाई हात परेको अनुभब आफूले गरेको कुरा गायिका बिन्दु पौडेलले सुनाईन् ।

उता गायक हेमन्त शर्मा र संगीतकार दिपक शर्माले बिदेशमा रहेर पनि नेपाली गीत - संगीत बिधालाई आफ्नो मूल उद्देश्य सम्झेर लागि पर्ने गायिका पौडेलको सबैले तारिफ गर्नु पर्ने कुरा बताउछन् । प्रायः म्यूजिक भिडियो नखेल्ने र खेले पनि छानेर अनि मनले खाएको मात्र खेल्दै आएका अनुप बिक्रम शाहीले आफूलाई गीत मन परेकै कारण भिडियो खेल्न पुगेको जानकारी दिएका छन् । घरदेशदेखी परदेशसम्मका सर्जकहरूको आबद्ददा, सृजना र मिहेनतका कारण बजारमा आएको यो गीत सुनेर र भिडियो हेरेपछि जो कोहीले पनि तारिफ गर्दै -‘ वाह गजबकै बनेको रहेछ छ -‘ भनेर् भन्न करै लाग्छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update