नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको सुन आज महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १७ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो ।
त्यसैगरी, बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।