NRN
शुक्रबार कतिमा साटिन्छन् विदेशि मुद्राहरू

नेपाल राष्ट्र बैंकले साताकाे अन्तिम दिन अर्थात् शुक्रबारको लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर राष्ट्र बैंकका अनुसार एकको खरिददर १३२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ९० पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा पाइन्छ । त्यस्तै, अष्ट्रेलियन डलर भने एकको खरिदमा आज ८६ रूपैयाँ १५ पैसा र बिक्रीमा ८६ रूपैयाँ ५४ पैसा तोकिएको छ । 

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रूपैयाँ १० पैसा तोकिएको छ । शुक्रबार युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४३ रूपैयाँ पाइन्छ ।

आज युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २६ पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ७३ पैसा र बिक्रीमा २७ रूपैयाँ ८६ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ । यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २७ पैसा तोकिएको छ ।शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २१ पैसा पाइन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update