NRN
महिलामन्त्री चौधरीद्वारा पदभार ग्रहण

 काठमाडाै‌ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गरेकी छिन्  । 

पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय गरेकी छिन्  । “मुलुकको आधाभन्दा बढी जनसङ्ख्या महिला भए पनि सहभागिता न्यून रहेकाले सहभागितालाई नीतिगत व्यवस्था गरी स्थानीय सरकारबाट कार्यान्वयनमा जोड दिनेछु । महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछु ।” उनले भनिन् ।

मन्त्रालयमा न्यून काम हुन्छ भन्ने दृष्टिकोणलाई परिवर्तन गरी महिला हिंसा न्यून गर्न पहल गरी विभिन्न तह र तप्कामा समानता कायम गर्न पहल गर्ने मन्त्री चौधरीको भनाइ छ । 

राज्यले दिने सेवासुविधा, वृद्धभत्तालाई निरन्तरता दिई ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई सामाजिक तथा धार्मिक विकासका कार्यमा उपयोग गरी उनीहरुको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउन अघि बढ्ने उनले प्रतिबद्धता जनाइन् । 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update