NRN
मोरङमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाउने एक जना पक्राउ

मोरङमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाउने महिलालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो मोरङको बूढीगँगा गाउँपालिका –७ की ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिँदै बोक्सीको आरोपमा मलमूत्र खुवाएकी हुन् ।

बोक्सीको आरोपमा मलमूत्र खुवाउने अर्की महिलालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न आरोपमा धामी झाँक्रीको काम गर्दे आएकी पारो माझी पक्राउ परेकी छन् । 

मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरिन् । पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितको भनाइ छ ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । डीएसपी दाहालले अनुसन्धानका लागि अदालतबाट आज म्याद थपेर मुद्दा प्रक्रिया अघि बढाइने बताए ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update