एसिसी वुमेन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल पराजित भएको छ । नेपाललाई घरेलु टिम मेलसियाले ४ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
मलेसियाकी एलिसा हन्टरले सर्वाधिक ६९ रन बनाउँदै जिततर्फ पुराइन् । बलिङमा सीता रानामगर र कविता जोशीले २-२, कविता कुवर र रुविना क्षेत्रीले १-१ विकेट लिएपनि जितका लागि प्रयाप्त हुन सकेन ।
यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको गुमाउँदै ११५ रन बनाएको थियो । नेपालका नेपालका लागि कप्तान इन्दू बर्माले २९, ओपनर कविता कुँवर २३, सीता रानामगर ६, रुबिना क्षेत्रीले २० र डली भट्टले २५ रन बनाएकी थिइन् । बलिङमा मलेसियाकी इजाती इस्माइले २ विकेट लिइन् ।
खेलमा जित निकाले सँगै मलेसियाले फाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ भने एसिया कपमा समेत छनोट भएको छ । प्रिमियर कपका शीर्ष दुई टिम एसिया कपमा पुग्ने प्रावधान छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सिधा छनोट हुँदा युएई र मलेसियाले प्रिमियर कपको फाइनलमा पुगेर स्थान पक्का गरिसकेका छन् ।