NRN
दिल्लीको दयाल मार्केटमा भीषण आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीस्थित अलिपुरमा रहेको दयाल मार्केटमा भीषण आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । 

गएराति करिब ४ घण्टासम्म भएको आगलागीमा परेर अरु ४ जना गम्भीर घाइते भएका छन् भने खोजी र उद्धार जारी छ । रङ र रासायनिक पदार्थको गोदाममा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको दिल्ली प्रहरीले जनाएको छ । 

आगलागीपछि भयानक विस्फोटको आवाज आएको र नजिकका पसल तथा घरहरुमा पनि आगो लागेको प्रहरीले जानकारी दिएको छ।

दिल्लीकै शाहदरा क्षेत्रमा गत १८ र २६ जनवरीमा भएका दुई आगलागीका घटनामा १० जनाको मृत्यु भएको थियो ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update