NRN
सिड्नीका कल्याण खड्काले सुनकोशी गाउँ-पालिकाको भबनका लागि १० लाख सहयोग गर्ने

- राजन घिमिरे, सिड्नी

प्रबासमा रहेर पनि आफ्नो जन्मभूमिको लागि केही साथ दिउँ र सहयोग गरौँ भन्ने उद्देश्य बोकेर यतिबेला सिड्नीबाट कल्याण खड्का लागि परेका छन् ।

अष्ट्रेलियाको सिडनीमा कानुनी पेशामा कहलिएका कल्याणको जन्म गाउँ सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँ-पालिका हो त्यहाँ गाउँ-पालिकाको आफ्नै भबन बन्छ भने उनले सिड्नीबाट १० लाख सहयोग गर्ने भएका छन् । अहिलेसम्म गाउँ-पालिकाको आफ्नै भबन नभएका कारण खाडी चौंरमा रहेको गाउँ-पालिकाको भबन बर्षौ देखी भाडामा बस्दै आइरहेको छ । सुनकोशी गाउँ-पालिकाको भबन सुनखानी गाउँमा सार्नु पर्ने जोडदार माग उठिरहेको अबस्थामा यदि गाउँ-पालिकाको भबन सुनखानी गाउँमा सर्छ भने सिडनीबाट खड्काले पालिकाको भबन निर्माणका लागि शुरूमा दश र आबश्यक परेका थप रकम पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

-‘ भाडा तिरेको भबनमा बसेर प्रशासनिक काम गर्नु भन्दा आफ्नै भबन हुनु पर्छ भन्ने धेरैको माग छ । यो माग नाजायज पनि होइन । जायज र सकारात्मक यो मागलाई मैले आफ्नो तर्फबाट सकेको साथ र सहयोग गर्ने बाचा गरेको हो -‘ कल्याण खड्काले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update