नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको सुन आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन अर्थात् शुक्रबारकाे तुलनामा सुन यसदिन प्रतितोला पाँच सय रूपैयाँले बढेको हो ।
त्यसैगरी, शुक्रबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।