NRN
बालकुमारी घटनाकाे जवाफ दिँदै प्रधानमन्त्रीले भन्छन्, प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए । 

‘आज मैले प्रतिवेदन बुझ्दै छु,’ उनले भने, ‘अध्ययनपछि प्रतिवेदनका आधारमा कारबाही हुन्छ ।’

गृहमन्त्रालयमा प्रतिवेदन बुझाए पनि आफूले आइतबार बुझ्ने कार्यक्रम रहेको जानकारी दिँदै उनले प्रतिपक्षी दलले नभएर सरकारले नै समिति गठन गरेको भन्दै बालकुमारी घटनाप्रति सरकारले चासो राखिरहेको बताए । 

मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको लामिछानको आरोप थियो ।

लामिछानको प्रश्नकाे जवाफमा प्रधानमन्त्री प्रचण्डले भने १० लाख दिएर चुप बसेको भन्ने गलत भएको बताए । सरकार गम्भीर भएर नै घटनामा संलग्नहरुलाई निलम्बन गर्नुका साथै छानबिन प्रक्रिया अगाडि बढाएको बताउँदै उनले भने, ‘१० लाख दिएर चुप लागेर बसेको भन्ने गलत हो । छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update