NRN
आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

यसै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको कार्यक्रम गरेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक सङ्घसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लव्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागीता रहकाे छ ।

समारोहलाई उल्लासमय बनाउन नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० अंकित व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको छ । त्यस्तै, मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो । दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update