नेपालीहरुले पनि भारतमा भारतीय सिमकार्ड पाउने
नेपालीहरुले पनि भारतमा भारतीय सिमकार्ड पाउने भएका छन् ।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जालमा मार्फत् नेपाली नागरिकले आफ्नो नागरिकताको प्रमाणपत्र, राहदानी, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन पाउने जानकारी दिएका हुन् ।
यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० ११:५५
प्रतिक्रिया दिनुहोस्