NRN
८ सय ५५ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले उक्त सुन अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा भएको बरामद जनाएको छ ।

पक्राउ पर्नेमा फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं ओर्लिएका ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफर रहेका छन्।

आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको उनलाई प्रहरीले थप अनुसन्धानका लागि भन्सार कार्यालयको जिम्मा लगाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update