NRN
काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला

काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् ।उनीहरुको हत्या भएको आशंका छ ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन् । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update