NRN
नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, स्कल्ट्जले लिए ४ विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोड्यो ।

नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६, भीम सार्कीले २६ , कुशल भुर्तेल १८ र करण केसीले १२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए । रोहित पौडेल, देव खनाल र अनिल शाहले रन बनाउन सकेनन्।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update