NRN
सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान जंगलमा मृत भेटिए

काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने ओखलढुंगाका एकै परिवारका तीन जना (श्रीमती र दुई छोरी) बुधबार बिहान कोठामै मृत फेला परेकामा श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

उनले श्रीमती  ईश्वरी श्रेष्ठ दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद छ ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update