NRN
तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले नामिबियासँग २ विकेटले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमाटस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा अलआउट हुनुअघि १६८ रनको लक्ष्य दिएको थियो । नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हाे ।

नामिबियाका कप्तान जेर्हार्ड इरासमसले ५२, माइकल भान लिंगेनले ३१ र जेजे स्मितले अविजित ३४ रन बनाए । १८ रन जोड्दा २ विकेट गुमाएको नामिबियाका लागि इरासमस र भान लिंगेनले ५२ रनको साझेदारी गरेका थिए ।

त्यसपछि ११८/६ र १४२/७ को अवस्थामा पुगे पनि जेजे स्मितले सम्हालिएर खेल्दै टोलीलाई जीततर्फ डोर्‍याएका थिए । उनले जेन ग्रिनसँग सातौं विकेटका लागि २४ र आठौं विकेटका लागि रुबेन ट्रम्पलम्यानसँग २२ रनको साझेदारी गरेका थिए ।

नेपालका कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

जारी शृंखलामा नेपालले नामिबियासँगका दुवै खेल हारेको हो । नेपालले शृंखलाको आफ्नो अन्तिम खेलमा अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ । 

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update