NRN
बिहीबार अमेरिकी डलर बढ्दा अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले बिहीबारकाे विदेशि मुद्राकाे विनिमयदर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

बुधबार एकको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज एकको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको १ पैसा बढेको हो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ८७ रूपैयाँ १७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा पाइन्छ ।

त्यस्तै,  राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४९ पैसा पाइन्छ ।

बिहीबार युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ र बिक्रीमा १४३ रूपैयाँ ६५ पैसा पाइन्छ । 

त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९७ पैसा तोकिएको छ । आज कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ४२ पैसा पाइन्छ । 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७८ पैसा तोकिएको छ । 

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ६३  पैसा र बिक्रीमा २७ रूपैयाँ ७६ पैसा पाइन्छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update