NRN
पूर्वी युक्रेनमा दुईवटा मिसाइल आक्रमण, कम्तीमा ६० रुसी सेनाको मृत्यु

पूर्वी युक्रेनस्थित रुसी सैन्य क्याम्पमा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० रुसी सैनिक मारिएका छन् । रुसले कब्जा गरेको क्षेत्रमा क्याम्पबाहिर खुला क्षेत्रमा रहेका सैनिकमाथि दुईवटा मिसाइल खसेका थिए । 

रिपोर्टहरूमा दोनेत्स्क क्षेत्रको त्रुदोभस्के गाउँमा रुसी सेनाका मेजर जनरल ओलेग मोइसेवको पखाईमा रहेका सैनिकमाथि मिसाइल खसेको बताइएको छ । मिसाइल अमेरिकामा निर्मित हिमार्स लञ्चर सिस्टमबाट प्रहार गरिएको रुसी सैनिकले जनाएको छ । 

आफ्ना सैनिक मारिएको विवरण रुसले लुकाउने प्रयास गरिरहेको बीबीसीले जनाएको छ । आक्रमणबारे युक्रेनले पनि प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update