NRN
शुक्रबार कतिमा साटिन्छन् विदेशि मुद्राहरू ?

नेपाल राष्ट्र बैंकले साताकाे अन्तिम दिन अर्थात् शुक्रबारका लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा पाइन्छ ।त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ०४ पैसा र बिक्रीमा ८७ रूपैयाँ ४४ पैसा तोकिएको छ । 

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३५ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ४८ पैसा र बिक्रीमा १४४ रूपैयाँ १४ पैसा पाइन्छ ।

मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ६९ पैसा र बिक्रीमा २७ रूपैयाँ ८१ पैसा पाइन्छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०१ पैसा र बिक्रीमा ३६ रूपैयाँ १७ पैसामा काराेबार भइरहेकाे छ । 

त्यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४२ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ४१ पैसा तोकिएको छ ।शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ८४ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ७९ पैसा पाइन्छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update