प्रतिपक्षी दलको अवरोध, प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सत्तापक्ष र प्रतिपक्ष सांसदहरुबीच सदनमै आरोप प्रत्यारोपको क्रममा विपक्षी दलले उठेर बैठकमा अवरोध गरेका हुन् ।
सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० १२:१८
प्रतिक्रिया दिनुहोस्