आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।
घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको थियो । नेपालले दिएको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्यान्ड्सका लागि विक्रम जित सिंहले ५८ र साइब्रान्द इंगलबेच्ट ४६ रन बनाए । यी दुईबीच एक सय २ रनको साझेदारी भयो ।
पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सले शानदार सुरुवात गरेको थियो । प्रारम्भिक ब्याट्सम्यानद्ध म्याक्स ओदोद २८ र माइकल लेविटले ३९ रन बनाए ।
नेपालका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक-एक विकेट लिए ।
२०२४-२७ लिग २ को नयाँ साइकल नेपालबाटै सुरु भएको छ । जहाँ नेपालसहित नेदरल्याण्ड्स र नामिबिया सहभागी थिए । त्यसमा नामिबियाले चारमध्ये ३ खेल जितेर ६ अंक जोड्यो । नेदरल्याण्डसले २ जित र २ हारबाट ४ अंक जोड्दा १ खेल मात्र जितेको नेपालले २ अंक जोड्यो ।
नेपालले अब लिग २ को अर्को शृखंला आगामी सेप्टेम्बरमा क्यानडामा र अक्टोबरमा अमेरिकामा खेल्नेछ । क्यानडामा हुने शृखंलामा नेपाल, क्यानडा र ओमानबीच हुनेछ भने अमेरिकामा नेपाल अमेरिका र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
लिग २ अन्तर्गत नै अर्को शृखंला भने यही २८ फेब्रुअरीबाट युएईमा सुरु हुनेछ । जहाँ युएई, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।