NRN
सुन तस्करी प्रकरणमा जोडिएका गुरुङ पक्राउ

सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।गुरुङलाई काठमाडौंको सामाखुशीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हाे । गुरुङलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको जनाइएको छ । 

२१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट बरामद गरिएकाे १४ किलो सुन तस्करी घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पाइएकाे थियाे ।  त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।

पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update