NRN
अमेरिकी डलरसँगै बढ्याे क्यानेडियन डलर पनि, अन्य मुद्रा कतिमा साटिन्छ ?

नेपाल राष्ट्र बैंककाे अनुसार मंगलबार अमेरिकी डलरसँगै क्यानेडियन डलरको मूल्य घटेको छ ।

सोमबार एकको खरिददर १३२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०१ पैसामा काराेबार भएकाे अमेरिकी डलर राष्ट्र बैंकले अनुसार आज एकको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९३ पैसामा काराेबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ८ पैसा घटेको हो ।

त्यस्तै,  सोमबार क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४८ पैसामा काराेबार भएकाे क्यानेडियन डलर आज एकको खरिदमा भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ७२ पैसा र बिक्रीमा ८७ रूपैयाँ १२ पैसामा काराेबार भइरहेको छ ।

त्यसैगरी, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७७ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४४ रूपैयाँ २७ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४४ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ ।

त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रूपैयाँ ७० पैसा र बिक्रीमा २७ रूपैयाँ ८३ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६२ पैसा तोकिएको छ ।कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ पाइन्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update