NRN
प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ

सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनाेज न्याैपानेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

ऋण प्रवाहमा अनियमितता गरेको भन्दै व्युरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । उनी हाल प्रभु बैंककाे डेपुटी सीईओ छन् ।

यस्तै सेन्चुरीकै पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ परेका छन् ।

कम धितो राखेर सीमाभन्दा बढी कर्जा प्रवाह गरेको आरोप  उनीहरुलाई लागेको छ । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र उनका कम्पनीहरुलाई तत्कालिन सेञ्चुरी कमर्सियल बैंकबाट करीब २ अर्ब कर्जा प्रवाह गरिएको थियो । 

 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update