नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार आज नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य सामान्य घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
याे मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो ।
त्यसैगरी, आज चाँदी प्रतितोला एक हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८० रूपैयाँमा कारोबार भएको थियो ।
याे मूल्य अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।