नेदरल्यान्ड्ससँग २ रनले हार्यो नेपाल
त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो ।
त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन, कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शून्य रनमा आउट भए ।
बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए ।
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८० १२:१६
प्रतिक्रिया दिनुहोस्