NRN
संसद र संसदीय समितिको निर्देशन कार्यान्वयन भइरहेको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसद र संसदीय समितिले दिएको निर्देशनहरूलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको बताएका छन् ।

बुधबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले साे कुरा बताएका हुन् ।

‘संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको व्यहोरा पनि जानकारी गराउन चाहन्छु ’, उनले भने, समितिमा माननीय सदस्यहरुले व्यक्त गरेका जिज्ञासाहरुमा पनि सरकारको धारणा तपाईहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भिर रुपले लिने नै छ ।’ 

‘संघीयता कार्यान्वयनका सरकारको उच्च प्राथमिकतामा छ । यस सन्दर्भमा विगत ४ वर्षदेखि नसकेको संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन बमोजिम गठन गरिएको प्रदेश समन्वय परिषदको बैठक यसैपटक दुई पटक बसी संघीयताको कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरू कार्यान्वयन भइरहेका छन्,’ उनले भने । 

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update