नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको अन्तिम दिन अर्थात् शुक्रबारका लागि सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । याे मूल्य अघिल्लाे दिनकाे तुलनामा यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १३ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।