NRN
बंगलादेशको एक भवनमा आलगाली,  ४३ जनाको मृत्यु

बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार  बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन् ।

४३ जनामा ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ भने १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।

आगलागी भएको भवनमा लत्ताकपडाका देखी मोबाइल पसल तथा रेष्टुरेन्टहरू भएको बताइएको छ । आलो ग्यास चुहिएर अथवा स्टोभबाट सल्केको अनुमान गरिएको छ । 

 
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update