NRN
टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले दियाे नामिबियालाई १८१ रनको लक्ष्य

नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । टीयू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५५ रन बनाएका थिए । त्यस्तै, आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।

नामिबियाका बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए । ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एकएक विकेट लिन सफल भए ।

 नेपाल पहिलो र दोस्रो खेलमा क्रमशः नामिबिया र नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update