नामिबियाविरुद्धको दोस्रो टी-२० खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको हो ।
जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटियो ।
अन्तिम ओभरमा नामिबियालाई जितका लागि १२ रन आवश्यक थियो । करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै ३ रनको रोमाञ्चक जित दिलाएका हुन् ।
नामिबियाका जेजे स्मिटले सर्वाधिक ५० रन , जान फ्रिलिंकले ३७, जेपी कोट्जेले २५, माइकल भान लिंगेनले १०, मलान क्रुगरले ३, रुबेन ट्रम्पलम्यान १४ र जान निकोल लोफ्ट इटोन शुन्य रनमा आउट भए । जेन ग्रीन २३ रनमा अविजित रहे ।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले २–२ विकेट लिए । अभिनास बोहराले एकएक विकेट लिए ।
पहिला दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा जित निकालेसँग फाइनल खेल्ने सम्भावना भने कायमै राखेको छ ।
पहिलो खेलमा नामिबियासँग २० रन र नेदरल्यान्डसँग २ रनले पराजित भएको थियो । अब नेपालले चौथो खेल शनिबार नेदरल्यान्डसँग खेल्नेछ ।