नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो दिन अर्थात् आइतबारका लागि सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् शुक्रबारकाे तुलनामा यसदिन प्रतितोला दुई हजार रूपैयाँले बढेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।