NRN
चावहिल ‘जुत्ताचप्पल व्यापार मेला’ को अवधी १० दिन थप, फागुन २९ गतेसम्म चल्ने

प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ को मेला अवधी थप गरिएको छ । नेपाली जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताको भीड लाग्नुका साथै स्थानीयले समय थप्न आग्रह गरेपछि मेला अवधी १० दिन थप गरिएको हो ।

एक महिनाको अवधीसम्ममा आइपुग्दा २२ हजारभन्दा जोर भन्दा बढि जुत्ता चप्पल बिक्रि भएको मेला संयोजक दिवाकर गीरीले बताए । मेला अवलोकन भने ४० हजार भन्दा बढिले गरेको उनको दावी छ ।

फागुन १८ गतेसम्ममात्र सञ्चालन हुने भनिएकाे मेला उपभोक्ताको चाहनाअनुसार र मेलामा भिडको चापले गर्दा समयअवधी थप गरिएको हो, उनले भने, ‘मेला अवलोकन गर्ने र जुत्ता चप्पल किन्नेको भिड नै लागेको छ, मेलाको अवधी बढाउन स्थानीयले आग्रह गरेकाले १० दिन अबधी थपिएको हो । यो मात्रै नभई बडादशैं, तिहारलगायत विशेष पर्व र बेलाबखतमा यस चावहिल क्षेत्रमा मेला प्रदर्शनी राख्न पनि उपभोक्ता/ग्राहकहरुले आग्रह गरेका छन् । यसलाई मध्यनजर गरि हामी आगामी दिनमा पनि मेला आयोजना गर्नेछौं ।’

मेलाको शुरुमा भन्दा अहिले उपभोक्ताको भीड बढ्दै गइरहेकोले हामी मेलाबाट सन्तुष्ट रहेको संयोजक गरीले बताए । हाम्रो उद्वेश्य भनेको प्रत्येक नेपालीको खुट्टामा नेपाली ब्राण्डको जुत्ता चप्पल होस् भन्ने हो । यसको लागि हामीले गुणस्तरीय जुत्ताहरु खरखानाकै मुल्यमा आम उपभोक्ता/प्रयोगकर्तामा पुर्याएको छौं ।

'ब्रण्डिङ्ग भएको छ, हामी खुशी छौं', उनले भने, ‘यसमा राज्यले केहि सहयोग गरे निर्यात गर्न पनि सक्ने थियौँ । हामी राज्यको पखाईमा छौं ।’

जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाईन राखिएको छ ।

उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रन शुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् ।

मेलामा रु तीन करोड बराबरको जुत्ताचप्पल विक्रि हुने लक्ष्य मेला आयोजकले राखेको छ । मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिएको व्यवसायीहरु बताउँछन् ।

नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले मेलाबाट सेचेअनुसार काम भएको बताए ।

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update