नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे मूल्य अनुसार नेपाली बजारमा आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आइतबार एकको खरिददर १३२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९५ पैसामा कारोबार भएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।
त्यस्तै, आइतबार एकको खरिददर १४३ रूपैयाँ १४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७९ पैसा कायम गरिएको युरोपियन युरो सोमबार एकको खरिददर १४३ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३१ पैसा बढेको हो ।
त्यसैगरी, आइतबार एकको खरिददर ९७ रूपैयाँ ५० पैसा र बिक्रीदर ९७ रूपैयाँ ९४ पैसा कायम गरिएको क्यानेडियन डलर आज एकको खरिदमा भने ९७ रूपैयाँ ६१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०५ पैसा पाइन्छ ।
सोमबार अष्ट्रेलियन डलर भने एकको खरिदमा ८६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ८६ रूपैयाँ ७३ पैसा तोकिएको छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिदमा सोमबार २७ रूपैयाँ ८९ पैसा र बिक्रीमा २८ रूपैयाँ ०१ पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २० पैसा पाइन्छ ।
सोमबार पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रूपैयाँ ४५ पैसा र बिक्रीमा १६८ रूपैयाँ २१ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४५ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६५ पैसा तोकिएको छ ।सोमबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९९ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ९४ पैसा पाइन्छ ।