NRN
कांग्रेसले मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडाैं ।  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भएको छ । 

प्रदेशसभाको आजको बैठकबाट नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए । “हाम्रो पार्टी संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ”, यादवले भन्नुभयो, “प्रदेशको विकासका लागि प्रतिपक्षमा बस्ने गरी हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छाैँ ।” 

उनले कांग्रेसले कहिल्यै पनि सत्तामा जान हतार नगर्ने बताए । अहिले बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि छलफल भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update