NRN
अमेरिकी राष्ट्रपति उम्मेदवारको दौडमा निक्की हेलीले प्राइमरीमा पहिलो जित

अमेरिकी राष्ट्रपति उम्मेदवारको दौडमा रहेकी निक्की हेलीले प्राइमरीमा पहिलो जित हासिल गरेकी छन् । रिपब्लिकन पार्टीको तर्फबाट वाशिङ्टन डीसीमा भएको ‘प्राइमरी इलेक्सन’ मा जीत हात पारेकी हुन् ।

निक्कीको जितले तत्कालका लागि पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको विजयी बन्ने सिलसिला रोकिएको छ । यहि हप्ता मंगलबार अमेरिकाका १६ राज्यमा प्राइमरी मतदान हुँदैछ ।

गएको हप्ता गृहराज्य साउथ क्यारोलिनामा भएको प्राइमरीमा हेली ट्रम्पसँग पराजित भएकी थिइन् । तर पनि उनले उम्मेदवारीको प्रतिस्पर्धा छाडेकी छैनन् । आफ्नो जितको बलियो सम्भावना रहेको स्थानका प्राइमरीबाट पछि हट्न उनले अस्वीकार गरेकी छिन् ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बरमा हुनेछ ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update