सोमबार सेयरबजार ५ प्रतिशतले बढेपछि लाग्यो दोस्रो सर्किट ब्रेकर, ४० मिनेटको लागि सेयर कारोबार बन्द
सोमबार सेयरबजार ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेकर लागेको छ ।
सोमबार बजार पाँच मिनेटमै ७९.२९ अङ्कले बढेपछि कारोबार पहिलोपटक रोकिएको थियो । त्यसपछि थप एक प्रतिशतले बजार बढ्दा दोस्रो सर्किट ब्रेकर लागेको हो ।
हालसम्म बजार ९८.६९ अङ्कले बढिसकेको छ । अब ४० मिनेट पछि मात्रै कारोवार खुल्नेछ ।
नेप्सेको नियम अनुसार कारोबार शुरु भएको पहिलो घण्टामै बजार चार प्रतिशतले बढे कारोबार २० मिनेटसम्म रोकिन्छ । त्यसपछि दोस्रो घण्टाभित्र बजार पाँच प्रतिशतले बढे दोस्रो सर्किट ब्रेकर लाग्छ र कारोबार ४० मिनेटसम्म बन्द गरिन्छ ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० ११:४२
प्रतिक्रिया दिनुहोस्