प्रतिनिधि सभाको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । राजनीतिक समीकरण बदलिएसँगै प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको हो ।
संसद सचिवालयले सूचना जारी गर्दै सोमबार ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख गरेकाे छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको सरकार बन्ने भएको हो।
सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा उठेका विषयमा जवाफ दिन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी रुलिङ गरेका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १२:०३
प्रतिक्रिया दिनुहोस्